रुपेश यादव,रौतहट,२५ साउन ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिकामा वर्षौ देखि वितरण हुन् नसकेको बालपोषण भता वितरण गर्न भइरहेको छ । सो नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको विशेष पहलमा बालबालिकाको लागि आएको भता वितरण कार्य सुरु गरिएको छ । खातुनकै निगरानीमा सो नगरपालिकाको वडा नम्बर ३ मेवामा वितरण कार्य भइरहेको छ ।
फतुवा विजयपुर नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७।७८ र ७८।७९ को बालपोषण भता वितरण नगरेको गुनासो स्थानियहरुले गरेका थिए । पाँच वर्ष उमेर पूरा नभएका बालबालिकालाई उपलब्ध गराउनु पर्ने बालपोषण भत्ता वितरण नगरेको गुनासो गर्दै बालिबालिकाका अभिभावकहरूले कार्यवाहक नगरप्रमख खातुनसँग बालपोषण भत्ताका लागि पहल गर्न अनुरोध गरेपछि उनले उपलब्धताका लागि पहल गर्नु भएको थियो ।
फतुवा विजयपुरका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव सँग कुरा गरी दुइ आर्थिक वर्षको बाँकि रहेको बालपोषण भता वितरण गर्न लगाइएको हो । आर्थिक वर्ष २०७७।७८ को नगद रुपमा वितरण गर्न लागिएको हो भने आ.व. २०७८।७९ को बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्न लगाइएको कार्यवाहक मेयर खातुनले बताइन् ।
आज बुधवार सो नगरपालिकाको वडा ३ देखि बालपोषण भता वितरण गरिएको उनले बताइन् । विस्तारै सबै वडामा बालपोषण भता वितरण कार्य गर्दै जाने उनले बताए । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालपोषण भता वितरण गर्दै आइरहेको छ ।
बालपोषण भता वितरणको अवसरमा कार्यवाहक मेयर खातुन सँगै रौतहट निर्वाचन क्षेत्र नम्बर ३ क का प्रदेश सांसद प्रत्यासी मो.सेराज,वडा अध्यक्ष रामइश्वर राय यादव सहितका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।