१८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ ।

जनकपुरधाम २६ साउन ।
महोत्तरीमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भइ धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जित कुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं। ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेशवर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । असार २० गतेदेखि जनकपुरधाम ७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा फेला परेको थियो ।सभार टुडेपाटी

लोकप्रिय