नेपाल रेडक्रस सोसाइटी रौतहटरको सभापतिमा यादव ।

रौतहट ,२९ साउन ।
नेपाल रेडक्रस सोसाइटी रौतहटको सभापतीमा राजकिशोर यादव निर्वाचित भएका छन् । उनी पहिलो पटक सभापतिमा निर्वाचित भएका हुन् । सोसाइटीको जिल्ला अधिवेशनबाट यादवको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा अनिरुद्ध महतो चयन भएका हुन् ।
महिला उपसभापतिमा निलु झानिर्वाचित भएकि छन् । मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह , कोषाध्यक्षमा राम अधार राय यादव, उपमन्त्रीमा मो. हसरे आलम,उपकोषाध्यक्षमा बिरेन्द्र कुमार मिश्रा र महिला सदस्यहरुमा पुनम देवी, शिला कुमारी यादव र उर्मिला देवी यादव निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा राम एकवाल साह, वालकुमार प्र. जयसवाल ,तेजनारायण प्र. यादव,घनश्याम सुन्दर श्रेष्ठ ,संजय कुमार यादव ,शेख कलामुल्लाह र राम विलास साह कानु निर्वाचित भएका छन् ।

लोकप्रिय