निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा कृष्णदेव यादव ।

रौतहट ,३० साउन ।
निर्माण व्यवसायी संघ रौतहटको ७ औँ साधारण सभा गौरमा सम्पन्न भएको छ । अधिवेशनले संघको अध्यक्षमा कृष्ण देव यादवलाई निर्वाचित गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कुमार यादव, प्रथम उपाध्यक्ष पवन किशोर साह र उपाध्यक्षमा उपेन्द्र यादव, प्रहलाद साह, प्रमोद महतो कोईरी,राम बशिष्ट राय यादव निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिवमा श्रीकान्त प्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सह कोषाध्यक्षमा बिरेन्द्र चौधरी चुनिनु भएको छ । सदस्यहरूमा विवेक सिंह उर्फ कुनाल कुशवाहा, सरोज कुमार यादव , सविन्द्र नारायण साह, मुरलिधर यादव, मोहम्मद मनिर शेख, सुनरजित कुमार गिरि लगायत निर्वाचित हुनुभएको छ ।

लोकप्रिय