रौतहटको ३१ साउन ।
रौतहटको चन्द्रपुर नगरपालिका–६ तल्लो बजारमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको हो । मंगलबार बिहान स्कुल जाँदै गरेका बालकलाई सदरमुकाम गौरबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसले ठक्कर दिएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।
बजारमा रहेको नमुना निजी विद्यालयमा अध्ययनका लागि अभिभावकसँगै जाँदै गरेका बालकलाई बिहान करिब साढे ९ बजेको समयमा बसले ठक्कर दिएको थियो । ठक्कर लागेर बालकको टाउको, निधार, दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो । गरुडा नगरपालिका–५ महम्मदपुर घर भएका चालक राजेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।
३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको हो । मंगलबार बिहान स्कुल जाँदै गरेका बालकलाई सदरमुकाम गौरबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसले ठक्कर दिएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।