Home मुख्य समाचार सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद ।

सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद ।

सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद ।

जनकपुरधाम ३१ साउन।
सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको छ। गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको उनले बताए। एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको उनको भनाइ छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका ९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।सभार टुडेपाटी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here