सप्तरी,१ भदौ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुधवार दिउँसो सप्तरीको राजगढ गाउँपालिका ४ बेलही चपेना स्थित स्थानीय विरेन्द्र मण्डलको १३ वर्षीय छोरा राजा मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सार्वजनिक पोखरीमा नुहाउने क्रममा मण्डलको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।