रौतहटमा बसकाे ठक्करबाट तीन जनाको मृत्यु ।

रौतहट २ भदौ ।

रौतहटमा बसले टेम्पु लाई ठक्कर दिदा टेम्पुमा सवार तीन जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलबहादुर बुढा मगरले जानकारी दिए ।अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही २ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको उनले बताए । दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकप्रिय