रौतहट ४ भदौ ।
राैतहटमा चोरीको मोटरसाईकल सहित १ जना पक्राउ परेका छन् । गत बुधबार बेलुका ५:०० बजेको समयमा विशेष सूचनाको अधारमा प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा जिल्ला रौतहट गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २२ को होसनारायण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गरुडा नगरपालिका वडा नम्बर ४ पानीटंकी सडकमा गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २२ को होसनारायण यादवले चलाउँदै गरेको प्र.३-०२-१३ प. ३०९९ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएकाे थियाे । मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी कसुर अन्तर्गत मुद्धामा सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएकाे हाे ।