सिरहाबाट लागूऔषध सहित एक जना पक्राउ ।

सिरहा,४ भदौ ।
सिरहाबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं।६ बस्ने ३२ वर्षीय निरन्जन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शुक्रबार राति करिब साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको कमाण्डमा खटेको प्रहरी टोलिले लहान नगरपालिका १९ कटहा स्थित स।५ प।७७५५ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो ।

प्रहरीले यादवलाई फेनरागन १ हजार एम्पुल, डाईजिपाम ४८७ एम्पुल, ब्युप्रिनोर्फिन ४४८ एम्पुल र मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । सभार टुडेपाटी।

लोकप्रिय