Home मुख्य समाचार माबि सितलपुरमा ताला काटेर विद्यालयको कम्पुटर तोडफोड, लाखौँको क्षति।

माबि सितलपुरमा ताला काटेर विद्यालयको कम्पुटर तोडफोड, लाखौँको क्षति।

माबि सितलपुरमा ताला काटेर विद्यालयको कम्पुटर तोडफोड, लाखौँको क्षति।

रौतहट १५ भदौ ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिका वडा न २ माध्यमिक बिधालय सितलपुरमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको ओफ़िस रुममा को ताला काटेर दुई थान कम्प्युटर मध्य एउटा तोडफोड गरिएको अवस्थामा बिधालयको आसपासमा फालिएको र एउटा कम्पुटर चोरी गरेर लगिएको छ। सो घटना मंगलबार राति करिब १ बजेको समयमा भएको अनुमान गरिएको प्रधानाध्यापक श्रीनारायण साहले जानकारी दिए ।

विद्यालयको उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु एक लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।

ईलाका प्रहरी कार्यालय संतपुरको प्रहरी प्रमुख मुकेश कुमार सिंहले घटनास्थल हेर्दा अज्ञात समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको सिंहले बताए । तोडफोड गरिएका एउटा कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here