रौतहट १९ भदौ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाले ६० औँ स्थापना दिवस भव्य एवं सभ्य रुपमा मनाइएको छ । जिल्ला शाखा सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षतामा जिल्ला शाखामा ६० औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । जिल्ला शाखामा आयोजित ६० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
कार्यक्रममा रक्तदानमा सुधार गर्नुपर्नेमा विशेष जोड दिएको थियो भने ब्लड बैंकको समुचित बेवस्था मिलाउने पर्ने बताएका छन् । बिगतको समय देखि लाथलिङ्ग रहेको कार्यहरुको पूर्णतादी ग्र्हताका साथ गर्ने बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह,विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्ण बहादुर साही, पूर्व सभापति महमद मजरुल हक, पूर्व सभापति नन्द किशोर झा, निवृत्त सभापति संजीव कुमार मल्लिक, अतिथि नेपाल प्रहरी प्रमुख वीर बहादुर थापा मगर ,सशस्त्र प्रहरी गणंन उप प्रमुख धितिज क्षेत्री लगायत सम्पूर्ण सदस्य एवं स्वयं सेवकको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।