रौतहट २४ भदौ ।
रौतहटको गौरमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको संचालन हुन लागेको छ । सो शिविर गौर नगरपालिका ६ स्थित रहेको श्री श्यामा दाल मिलमा संचालित हुन लागेको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा नगर प्रमुख शम्भु शाह को बिशेष पहलमा सो शिविर भदौ २४ देखि २६ गते सम्म संचालन मा रहने जनाइएको छ । बिहीबार राति ८ बजे भएको पत्रकार सम्मेलनमा गौर नगरपालिका नगरप्रमुख शम्भु शाह ले पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै विभिन्न रोगका विशेषज्ञहरू , ल्याव, इसिजि,एक्सरे लगायतको विरामीलाई परिक्षण गरेर औषधी वितरण गरिने, २ बजे सम्म विरामी दर्ता रजिस्टारमा नाम दर्ता गर्न सकिने, हर्निया र हाइड्रोशिलको सर्जरी गरिने उनले भने ।
५६ जना विशेषज्ञहरू आईसकेको हुदा गौर नगरपालिकाको लागि नभई जिल्लाको कुनै पनि स्थानबाट आउने विरनमीलाई उपचार गरिने बताए । यो शिविर रौतहटबासीको आफ्नै रहेको हुदा यसमा कुनै राजनीतिक करण नगरी स्वास्थ्य सेवाको फायदा उठाउन हार्दिक अपिल समेत गरे ।