रौतहटमा मनाइयो विश्व आत्महत्या रोकथाम दिवस ।

रौतहट,२५ भदौ ।
रौतहट । विश्व आत्महत्या रोकथाम दिवस रौतहटमा कार्यक्रम गरि मनाईएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा कार्यक्रम गरिएको थियो । बौधिमाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो दिवस मनाइएको हो ।
“मानसिक स्वास्थ्य विना पूर्ण स्वास्थ्य संभव छैन्” भन्ने नारा ्सहित बौद्धिमाइमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो । कार्यक्रमलाई नगरप्रमुख प्रदिप यादव,स्वास्थ्य संयोजक तारकेश्वर पटेल लगयातलेसम्बोधन गरेका थिए ।
कार्यक्रम सबोधन गर्दै वक्ताहरुले आत्महत्या आजको युवाहरुमा एउटा ठुलो समस्या बनेको बताए । नेपालमा हरेक वर्ष आत्महत्या गर्नेहरुको दर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।
यता रौतहट सदरमुकाम गौरमा पनि विश्व आत्महत्या रोकथाम दिवस २०७९ दिप प्रज्जवलन गरी मनाइएको छ ।

लोकप्रिय