मालपोत कार्यालय गरुडाले बर्ष बित्दापनि तिरेनन् घरभाडा ।

रौतहट २७ भदौ ।
मालपोत कार्यालय गरुडाले बर्ष बित्दापनि सम्झौता अनुसारको भाडा तिरेको छैन। करिब १३ महिना अघि घरभाडा लिने भनी सम्झौता गराएको भएतापनि अहिले सम्म मालपोत कार्यालय गरुडाले न त घरको भाडा दिन्छ न त घरमा आएर बस्छ नै ।

अहिले बसेको घर सानो भयो भन्दै तत्कालीन मालपोत कार्यालयका प्रमुख प्रेमचन्द्र मिश्रले २०७८ असार २९ गते स्थानिय रामबाबु पाण्डेको घर भाडामा लिने भन्दै सम्झौता गरेका थिए । २०७८ साउन १ गते देखी मालपोत कार्यालय गरुडाको कार्यालय आफनो घरमा सर्ने गरी सम्झौता गरेको घरधनी रामबाबु पाण्डे बताए । सभार कमलपाटी

सोमबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गदै पाण्डेले तत्कालीन कार्यालय प्रमुख मिश्रको निर्देशन अनुसार करिब ५ लाख लगाएर कार्यालय प्रयोजनको लागी मर्मत र करिब ४० लाख मुल्य लगाएर माथिल्लो तल्ला थपेको बताए ।

मसिक ४१ हजार ६ सय दिनेगरी सम्झौता गरेको १३ महिना बित्दा पनि कार्यालय सर्ने कुनै सुरसार नभएको उनको भनाइ छ । यो सम्झौताले आफुलाइ जोगी नै बनाएको पाण्डेले गुनासो पोखे । अहिले घर भाडाको पैसाको लागी पाण्डे जिल्ला अदालत गौर धाउन थालेका छन ।

यता हालका मालपोत कार्यालय गरुडाका प्रमुख मोहन कुमार पाठकले अदालतको फैसला नै मान्य हुने बताए । आफु आउनु भन्दा पहिलको निर्णय भएको हुदा आफुले अदालतको निर्णय नै पर्खेर बसेको प्रमुख पाठकले बताए ।

लोकप्रिय