राैतहट,३० भदौ
कटहरियामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । बिहिवार नगर स्तरीय साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर साे प्रतियोगिता आयोजना गरिएको थियोे ।
प्रतियोगितामा कटहरिया नगर भित्रको सम्पूर्ण माध्यमिक विद्यालयहरुको बालिकाहरुले सहभागी भएका थिए ।
कटहरिया नपाकाे विर्ति देखी छेदीचोकसम्म झण्डै २ किलोमिटरको दौड प्रतियोगिता गराइएको थियो ।
एक कार्यक्रमका बिच उपप्रमुख रिता देवी यादवले रिबन काटेर प्रतियोगिताको सुभारम्भ गर्नु भएको थियाे ।
आरडिसी नेपालको आयोजनामा भएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय कटहरियामा कक्षा ९ मा अध्ययनरत सुनैना कुमारी कुश्वाहा प्रथम भएकी छन भने मावि बलिरामपुरमा कक्षा ९मा अध्ययन गर्ने रविता कुमारी साह द्धितिय र जनता मावि कटहरियामा कक्षा १० मा अध्ययनरत छात्रा रनिता यादव ततृतीय भएकी छिन् ।
प्रतियोगितामा मेयर अजय प्रकाश जयसवालको प्रमुख आतिथ्यता थियाे भने उपमेयर रिता देवी यादवको विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष भुपेन महतो कोइरी, वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव, मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुश्वाहा सहित विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, स्थानीयबासी सहितको सहभागिता रहेको थियो ।