राैतहट प्रहरीले फरार प्रतिवादीलाई गर्याे पक्राउ ।

आरके श्रीवास्तव,राैतहट,०२ असाेज ।
राैतहट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकाे राजदेवी नगरपालिका वडा नम्बर ८ बस्ने श्याम कुमार महतो रहेका छन् । दिवाकर कुमार प्रसाद केशरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महतो लाई पक्राउ गरेको हाे ।
डाँका चोरी मुद्धामा वारदात पश्चात फराररहेका प्रतिवादी महतो आफ्नो घर ठेगानामा लुकी छिपी वसेको अवस्थामा फेला पारी पक्राउ गरीएकाे थियाे । महताेलाई सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिईएको व्यहोरा जानकारी जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक
सुनिल मल्लले जानकारी गराउनु भएको हाे ।

लोकप्रिय