रौतहट ४ भदौ ।
नेपाल पत्रकार महासंघका पुर्वसचिव रबिन्द्र मण्डलको उपचारको लागि विभिन्न दाताहरूले आर्थिक सहयोग गर्न थालेका छन ।
माधवनारायण नगरपालिका नगरप्रमुख बैजु प्रसाद यादव तथा उक्त नगरपालिकाका कर्मचारीहरुले आ- आफ्नो व्यक्तिगत तर्फबाट पूर्व सचिव मण्डल लाई प्रादेशिक अस्पताल गौरमा पुगी उपचारका लागि नगद १ लाख सहयोग गरेका छन ।
नगरप्रमुख बैजु प्रसाद यादव काम विशेषले काठमाडौ गएका हुनाले उहाँको प्रत्यक्ष उपस्थिति नरहे पनि कर्मचारीहरुले नगरप्रमुखको निर्देशन अनुसार नगर रु. (एक लाख) सहयोग गरेका छन । त्यसैगरी गौर नगरपालिकाका मेयर शम्भु साहले नगरपालिका बाट ५१ हजार रुपैया सहयोग गरेका छन । उता गौरकै एकजना स्थानीय बिक्रान्त साहले आजै ५० हजार रुपैया सहयोग गरेका छन ।
रौतहटका समकालिन संचारकर्मी नेपाल पत्रकार महासंघको तत्कालिन सदस्य रबिन्द्र मण्डलको अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ। विगत ४ बर्ष अघि माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाडौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा माँ कल्याणी बसको दुर्घटनामा परेर मण्डल गम्भीर घाईते भएका थिए । भरतपुरमा उपचारको क्रममा चिकित्सकको लापरवाहीको कारण अपाहिज भएका मण्डलको स्वास्थ्य अवस्था निकै खराव भएपछि गत १५ दिन देखि वीरगञ्जमा उपचाररत रहेका थिए ।
कष्टपूर्ण जिवन धानिरहेका मण्डलको सोमबार देखि प्रादेशिक अस्पताल गौरमा उपचार सुरु भएको छ। उनको अवस्था अन्यन्तै नाजुक रहेको छ ।