कटहरियामा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालन ।

ओम प्रकाश यादव,राैतहट ५ असोज ।
रौतहटको कटहरियामा बुधवारदेखी निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएको छ । कटहरिया नगरपालिका वडा नं ५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएको हो ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उपमेयर रिता देवी यादवको विशेष पहलमा उक्त निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालन भएको हो ।
एक कार्यक्रमका बीच मेयर जयसवालले बुधवार उक्त निशुल्क आँखा परिक्षण केन्द्रको उद्घाटन गरेका हुन । मेयर जयसवालले उद्घाटन गरेसँगै बुधवारदेखी नै आँखा परिक्षण केन्द्र सञ्चालन भएको हो ।
नगरवासीको आखाँ निशुल्क रुपमा चेकजाँच गर्ने तथा सर्वसुलभ रुपमा आँखाको उपचार गर्ने उद्देश्यले कटहरियाका मेयर अजय प्रकाशले कटहरिया स्वास्थ्य केन्द्रमा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालन गरेका हुन ।
उक्त केन्द्रमा नगरवासीलाई निशुल्क रुपमा आँखा चेकजाँच गर्ने र अन्य ठाउँभन्दा एकदमै सस्तोमा उपचार गर्ने व्यवस्था गरिएको मेयर जयसवालले बताए ।
नगरपालिकामा निशुल्क आँखा परिक्षण केन्द्र सञ्चालनमा आएपछि अब कटहरिया नगरवासीलाई आँखाको उपचार गराउन बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको उनले बताए ।
ज्योति भिजन फाउण्डेशन विरगंज पर्साको सहयोगमा यो निशुल्क आँखा स्वास्थ्य परिक्षण सञ्चालनमा आएको छ । अब आँखाको उपचारको लागि बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको भन्दै नगरवासी समेत निकै खुसी भएका छन् ।

लोकप्रिय