लागूऔषधसहित सर्लाहीबाट एक जना पक्राउ ।

जनकपुरधाम १२ असोज ।
प्रतिबन्धित लागूऔषधसहित सर्लाहीबाट एक युवक पक्राउ परेका छन् । हरिवन नगरपालिका ३ बस्ने २५ वर्षीय बिमल थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति लालबन्दी नगरपालिका १ स्थित भित्री बाटोमा खटेको प्रहरी गस्ती टोलिले पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ४३ प ५७५१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

थिङलाई ओनेरेक्स सय एमएलको २८ बोतल, कोडिवेल सय एमएलको १४९ बोतल र विनसिरेक्सको सय एमएलको १३३ बोतल गरी जम्मा २९० बोतल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सभार टुडेपाटी–

लोकप्रिय