Home मुख्य समाचार रौतहट ३ बाट नेपाली काङ्ग्रेस नेता ओमप्रकाशले दिए स्वतन्त्र उम्मेदवारी ।

रौतहट ३ बाट नेपाली काङ्ग्रेस नेता ओमप्रकाशले दिए स्वतन्त्र उम्मेदवारी ।

रौतहट ३ बाट नेपाली काङ्ग्रेस नेता ओमप्रकाशले दिए स्वतन्त्र उम्मेदवारी ।

रौतहट २३ असोज ।

  • आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ बाट नेपाली काङ्ग्रेस नेता ओमप्रकाश जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली काङ्ग्रेस माहाअधिवेशन प्रतिनिधि समेत रहेका जयसवाललेआइतबार स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट सिफारिसमा परेका जयसवालले अन्तिम समयमा आएर टिकट नपाएपछि असन्तुष्ट बनेका छन्। सता गठबन्धनका कारण रौतहट ३ माओवादीको भागमा परेपछि जयसवालको टिकट गुमेको हो।

रौतहटमा ३मा लामो समय देखि सामाजिक तथा राजनीतिक सेवा गर्दै आएका जयसवाललाइ पार्टी कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवारी दिन दवाव दिएका थिए। तत्कालीन कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश का बुवा समेत रहेका जयसवाल २०७४को प्रतिनिधि सभा चुनावमा रजपा बाट चुनाव लड्नु भएको थियो ।

जयसवालले स्वतन्त्र उम्मेदवारी दिए पक्षी रौतहट ३मा मम त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सता गठबन्धन बाट माओवादीका धिरज पटेल स्वतन्त्र उम्मेदवार प्रभु साह ले आइतबाट उम्मेदवारी दर्ता गराएका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here