Home मुख्य समाचार छठपर्व ब्रतालु महिलाहरूलाई वडा अध्यक्ष यादवद्वारा साडी वितरण।

छठपर्व ब्रतालु महिलाहरूलाई वडा अध्यक्ष यादवद्वारा साडी वितरण।

छठपर्व ब्रतालु महिलाहरूलाई वडा अध्यक्ष यादवद्वारा साडी वितरण।

राैतहट,१० कार्तिक ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे सितलपुर बैरगनियाका छठपर्व ब्रतालु महिलाहरूलाई आज एक कार्यक्रमका बीच साडी वितरण गरेको छ । साे नगरपालिकाकाे वडा नम्बर २ मा रहेकाे ८ सय ५० भन्दा बढी घरधुरीलाई साडी सेट वितरण गरिनेछ । बिहिवार साे वडाकाे बैरगिनया टाेलका महिलाहरू लाई वितरण गरिएको छ भने सितलपुर टाेलमा क्रमशः वितरण गरिने जनाईएकाे छ ।

वडा अध्यक्ष अनिरूद्व यादव उर्फ संजयले हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा साड़ी सेट बितरण गरेका छन् । छठ पर्वलाई लक्षित गरी वडा भरिका छठ गर्ने महिलाहरुलाई सहयोग पुगोस भनेर वडा अध्यक्ष यादवले आफ्नो निजी खर्चबाट वडा भरिका महिलाहरू लाई साड़ी सेट बितरण गरेका छन ।

मधेशमा महिलाहरुको ज्याला न्यून हुने र त्यसबाट चाडवाड धान्न नसक्ने भएका हुँदा सहयोग स्वरुप साडी सेट बितरण गरिएको वडा अध्यक्ष यादवले बताउनु भयो । करिब चार वर्ष देखि आफूले यसैगरी साडी वितरण गर्दै आएकाे बताएका छन् ।

वितरणकाे क्रममा स्थानिय पनिलाल पटेल,प्यारेलाल यादव,उपेन्द्र यादव ,रामएकवाल मुखिया बिन,सुवास पासवान लगायतका स्थानियहरूकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here