Home समाचार फतुवा बिजयपुर नपा वडा न.३ मा छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण ।

फतुवा बिजयपुर नपा वडा न.३ मा छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण ।

फतुवा बिजयपुर नपा वडा न.३ मा छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण ।

राैतहट,१२ कार्तिक ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे मेवाका छठपर्व ब्रतालु महिलाहरूलाई आज एक कार्यक्रमका बीच साडी वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ३ मेवामा रहेकाे ७०० सय भन्दा बढी घरधुरीलाई साडी सेट वितरण गरिएकाे वडा अध्यक्ष यादवले जानकारी गराउनु भयाे । शुक्रवार साे वडाकाे मेवा टाेलका महिलाहरू लाई साडी वितरण गरिएको छ ।

वडा अध्यक्ष रामेश्वर प्रसाद यादव ले हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा साड़ी सेट बितरण गरेका छन् । छठ पर्वलाई लक्षित गरी वडा भरिका छठ गर्ने महिलाहरुलाई सहयोग पुगोस भनेर वडा अध्यक्ष यादवले गाउँ भरिका महिलाहरू लाई साड़ी सेट बितरण गरेका छन ।

वितरणकाे क्रममा रामाशंकर यादव कार्यपालिका सदस्य कामेशवर पंडित, नन्दु बैठा, ओमप्रकाश यादव लगायतका स्थानियहरू सहभागिता रहेकाे रामाशंकर यादवले जानकारी गराएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here