रौतहट १७ कार्तिक ।

रौतहटमा विभिन्न दलवाट उम्मेदवार भएकाहरुले कृषि, शिक्षा र स्वास्थ्यलाई चुनावी एजेण्डाको रुपमा आगाडि सारेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का नेकपा एमालेका उम्मेदवार राज किशोर प्रसाद यादवले किसानको समस्या सवै भन्दा जटिल रहेको र आफू निर्वाचित भए प्रदेश सभा (क) तथा निर्वाचन क्षेत्र १ को कृषि, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउने दावी गरेका छन् ।

प्रदेश सभा (क) अन्तर्गत राजदेवी नगरपालिकाका वड़ा नम्बर २ हजमीनियामा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उम्मेदवार यादवले नेकपा एमाले सरकारमा सहभागी भए रौतहट जिल्लामा देखिएको शिक्षा स्वास्थ्यको समस्या समाधान हुने दावी गरे ।

किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य रहेकाले खेत खेतमा मोटरको व्यवस्था गर्ने उनले आश्वासन बाडे । नेता यादवले पानी नपर्दा र समयमा मलखाद् नपाउदा यस वर्ष किसानले धेरै पीड़ा भोगेको जिकिर गर्दै किसानको दुःख लाइ गंभीरता पूर्वक लिएको बताए ।

घर दैलोको क्रममा जनताले भोट माग्ने बेला घर दरवाजामा आउने नेता जितेपछि एक पटक पनि भेट्न नआउने गुनासो बढ़ी सुनिएको बताउँदै आफू महीनै पिच्छे जनता संग भेट्ने र सुख दुःखमा सहभागी हुने प्रतिवद्धता जनाए ।

बजेट कार्यान्वयनमा क्षेत्रको जनता संग प्रत्यक्ष राय सलाह लिएर विकास निर्माणको कार्य गर्ने बताए ।
उनले भने–‘दलाली गर्ने, भ्रष्टाचार गर्ने ,कमिसन खाने सीत आफ्नो संगत नरहेकोले निष्पक्ष रुपमा जनताको भावना अनुसार विना कमिसनको बजेट विनियोजन गरी योजना सञ्चालन गराउने प्रतिवद्धता व्यक्त गरे ।

विगतमा निर्वाचित भएर गएका जनप्रतिनिधि फेरी फर्केर नआएको गुनासो स्थानीयहरुको रहेको बताउँदै नेता यादवले आफू फरक ढंगबाट जनता सित नजिकिएर कार्य गर्ने बाचा गरे ।

लोकप्रिय