Home मुख्य समाचार नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे १२ औं साधारणसभा सम्पन्न ।

नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे १२ औं साधारणसभा सम्पन्न ।

नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे १२ औं साधारणसभा सम्पन्न ।

राैतहट,२६ कार्तिक ।
नेपाल पत्रकार महासंघ राैतहटको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ स्थित मत्सरीमा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष प्रेमचन्द्र झाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकाे प्रमुख अतिथिमा महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेखरेल रह्नु भएको थियाे भने विशिष्ट अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,महासंघका केन्द्रीय सचिव गाेबिन्द चाैलागाई,केन्द्रीय सदस्य केसी लामिछाने लगायत रहनु भएको थियाे । कार्यक्रममा सहभागी पत्रकारहरुले महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनु पर्ने बिषयमा जोड दिएका थिए । साथै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रिपोर्टिङ गर्दा आचारसंहिता लाई ध्यानमा राखि समाचार प्रकाशन तथा प्रसारण गर्न वक्ताहरूले अनुराेध गर्नु भएको थियाे । कार्यक्रममा सहभागी अतिथिहरू लाई दुर्गाभवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले मायाकाे चिन्हाे प्रदान गर्नु भएको थियाे । कार्यक्रमलाई समापन गर्दै महासंघका जिल्ला अध्यक्ष प्रेमचन्द्र झाले कार्यक्रममा सहभागी भई दिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियाे । कार्यक्रममा वडा अध्यक्ष धर्मेन्द्र झा,प्रेस चाैतारीका मधेस प्रदेश अध्यक्ष फणि महत लगायत जिल्ला भरीका पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here