
राैतहट २७ कार्तिक ।
राैतहटकाे फतुवा बिजयपुरमा आगलागीकाे घटना घटेको छ । साे नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे फुसकाे घरमा शनिबार दिउँसो ३ बजे आगजनी भएको हाे । स्थानीय ईनरजित राय यादवकाे घरमा लागेकाे आगाे बाट घरमा रहेकाे लत्ताकपडा,अन्नपात,भाँडाकुँडा ,गरगहना, खाने चामल सहित करिब ५ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको पिडित परिवारले जनाएको हाे ।
लामखुट्टे धपाउनकाे लागि बालिएकाे घुरबाट आगाे सल्किएर आगजनी भएको पिडितकाे भनाई रहेकाे छ । स्थानीय र प्रहरीकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिईएकाे थियो ।