यसपालिकाे चुनावमा मेराे उम्मेदवारी हाेईन्,जनताको उम्मेदवारी हाे:ओमप्रकाश जयसवाल ।

राैतहट २८ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे चुनाव आफनाे उम्मेदवारी नभई जनताको उम्मेदवारी रहेकाे राैतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले बताउनु भएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा आयाेजित काेण सभालाई सम्बाेधन गर्दै वहाँले यस्ताे बताउनु भएको छ ।

केही प्रतिक्रियावादी व्यक्तिहरूले आफनाे बारेमा सामाजिक संजाल फेसबुकमा गरिरहेकाे गलत प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भयाे । त्यस्ता गलत र भ्रामक प्रचारकाे पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्नु भयाे । झुठा आश्वासन बाँड्नेहरू ठूलाठूला भाषण गरेर जान्छन् तर काम चाहिँ पूरा गर्नै सक्दैनन् । त्यस्ताे म त्यति बाेल्दिन,जे बाेल्छु त्याे गरेर देखाउँछु । त्यसैले झुठा आश्वासन बाँडनेहरूकाे पछाडी नलाग्न मतदाताहरू लाई आग्रह गर्नु भयाे ।

क्षेत्र नम्बर ३ लाई भ्रष्टाचार मुक्त र स्वच्छ क्षेत्रकाे रूपमा स्थापित गर्ने आफनाे लक्ष्य रहेकाे बताउनु भयाे ।यसपालिकाे चुनावमा याे क्षेत्रकाे जनताले परिवर्तन गर्ने मनसाय बनाईसकेकाे प्रष्ट पारे । त्यसैले यताउताकाे कुरा नगरी आगामी मंसिर ४ हुने चुनावमा प्रतिनिधिसभा आफनाे चुनाव चिन्ह माछा छाप ,क्षेत्र नम्बर ३ क मा एकीकृत समाजवादीकाे पार्टीको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादवकाे चुनाव चिन्ह कलम छाप र क्षेत्र नम्बर ३ ख मा नेपाली काँग्रेस पार्टीकाे तर्फ बाट प्रदेश सभा सदस्य उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिलकाे चुनाव चिन्ह गाछी छापमा मतदान गरि जित सुनिश्चित गाउन अपिल गर्नु भयाे ।

यता क्षेत्र नम्बर ३ ख का उम्मेदवार यादवले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल याे क्षेत्रमा पाँच दलिय गठबन्धनकाे सझा उम्मेदवार रहेकाले जयसवालकाे चुनाव चिन्ह माछा छापमा मतदान गर्न आग्रह गर्नु भयाे । ओमप्रकाश जयसवाल सबल,सक्षम र सरल स्वभावकाे व्यक्ति रहेकाले यसमा कुनै दुबिधा नरहेकाे प्रष्ट पारे । पाँच दलिय गठबन्धन अहिलेकाे आवश्यकता रहेकाले गठबन्धनकै पक्षमा मतदान गर्न अनुराेध गर्नु भयाे ।

काेणसभामा नेता रामप्रवेश यादव,नसरूदिन अन्सारी लगायतका नेताहरूले सम्बाेधन गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा एसमाजवादीका पाेलिट ब्यूरो सदस्य राेजुदिन आलम रह्नु भएको थियाे । साे काेणसभा सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

लोकप्रिय