रौतहट २९ कार्तिक ।
रौतहट जिल्ला अन्तर्गतका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गौर रौतहटले सूचना जारी गरेका छन ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यकाे निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडीएका रौतहट जिल्लाका सम्पूर्ण सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गौर रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहद्वारा यही कार्तिक २९ गतेका दिन हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
सीमा बन्द हुने सम्बन्धी सूचनामा यही मंसिर १ गते बिहीबारको राती १२ बजे देखी निर्वाचन हुने दिन मंसिर ४ गते आइतबार राती १२ बजे सम्मका लागि ३ दिन अर्थात ७२ घण्टाका लागि रौतहट जिल्ला अन्तर्गतका सम्पूर्ण सीमा नाकाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय गौर रौतहटले सम्पूर्ण जिल्लावासीहरुलाई सूचना मार्फत जानकारी गराएका छन ।

