Home मुख्य समाचार रौतहटकाे मौलापुरमा दुई बोरा माछा बरामद ।

रौतहटकाे मौलापुरमा दुई बोरा माछा बरामद ।

रौतहटकाे मौलापुरमा दुई बोरा माछा बरामद ।

रौतहट ०३ मंसिर,।

आचारसंहिता विपरीत मतदाताको घरघरमा वितरण गर्नका लागि लाएको दुई बोरा माछा प्रहरीले बरामद गरेको छ।

रौतहटको मौलापुर नगरपालिका ३ गम्हरियाबाट शनिबार २ बजेको समयमा प्रहरीको संयुक्त टोलीले दुई बोरा माछा बरामद गरेको हो।

स्थानीय गंगाराम साहले घरघरमा वितरण तथा भोजभतेरको लागि मगाएको माछा मध्ये प्रहरीले दुई बोरा (अनुमानित ४० केजी) माछा बरामद गरेको हो।

स्थानीय साहको टोलीले माछा वितरण गरिरहेको सुचनाका आधारमा नेपाल प्रहरी,शस्त्रप्रहरी र नेपाल सेनाको संयुक्त टोलीले दुई बोरा माछा सहित एउटा गाडी नियन्त्रणमा लिएको एक स्थानीयले जानकारी गराएका छन्।

सो माछा वितरणकर्ता पूर्व मन्त्री प्रभु साहको समर्थक रहेको स्थानीयले बताएका छन्।

भोजभतेर गर्न नपाइने र कसैको घरघरमा केही बाँड्न पनि नपाइने स्पष्ट आचारसंहितामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here