Home मुख्य समाचार वीरगञ्जमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु ।

वीरगञ्जमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु ।

वीरगञ्जमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु ।

पर्सा १५ मङ्सिर ।
वीरगञ्जमा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी ७० वर्षीय रुपा राउत कुर्मी रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डालचोकस्थित सडकखण्डमा बहुअरीबाट आईसिपी गेटतिर जाँदै गरेको ना.३ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार कुर्मीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएको खबरपश्चात प्रहरी चौकी सिर्सियाबाट प्रहरी निरीक्षक दावा छिरिङ् शेर्पाको नेतृत्वमा खटिएको टोलीले घाइते कुर्मीलाई उपचारका लागि नारायणी अस्पताल लिएर जाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २५ वर्षीय ट्रक चालक छोटु कुमार कुशवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here