रौतहट १६ मंसिर ।
रौतहटकाे गढीमाई नगरपालिकाको वडा नं.१ समनपुर स्थित रहेको श्री शंकर गुदर माध्यमिक विद्यालय नमुना माध्यमिका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरिएको छ ।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले गत बैशाख १२ गते बिधालयमा पठनपाठन गर्न बिधार्थीहरुलाई कठिनाई भईरहेको हुँदा उक्त भवनको उद्धघाटन गरिएको थियो ।सोहि भवनको कार्य सम्पन भएको हुँदा शुक्रबार एक कार्यक्रमको आयोजना गरि गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादबले फिता काटि भवनको उद्धघाटन गर्नुु भएको थियो ।
उक्त भवन उद्धघाटन भए पछि बिधार्थीहरु राम्रोसंग र ब्यवस्थित ढङ्गले अध्यनअध्यापन गराउनमा थप बलमिल्ने बिधालयका प्राधानाध्यापक देबेन्द्र साहले बताउनु भयो ।भवन अपुग हुँदा बिधार्थीहरुलाई बाहिरी फिल्ड खुल्ला अकाशमुनि पढाउनु परिरहेको थियो ।
तर एक तल्ले चारकोठे भवनको उद्धघाटनले बिधार्थीहरुलाई यो चिसो मौसममा पढाउन कुनै प्रकारको समस्या नरहेको प्रा.अ साहले खुसि हुँदै बताउनु भयो । एक तल्ले चार कोठे भवन गढीमाई नगरपालिका र मधेस प्रदेश सामुदायिक विकास परियोजनाको रुपमा स्थानीय सरकारको आर्थिक सहयोगमा परियोजनाअघि बढाइएको हो ।
उद्धघाटन कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव,वडा नं.१ वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ ,वार्ड नं.२ का वडाअध्यक्ष रामपुकार यादव ,वार्ड नं.४ का वडाअध्यक्ष चुल्हाई यादव , सम्पुर्ण स्थानीय बासी र जनप्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
रौतहट जिल्लाको श्री शंकर गुदर माध्यमिक विद्यालय जिल्लाकै सबभन्दा पुरानो बिधालय हो ।

