सप्तरीमा पोखरीमा डुबेर एक जना युवकको मृत्यु ।

सप्तरी, २९ साउन

सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

पोखरीमा नुहाउन गएका बोदेबर्साइन नगरपालिका २ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरीको डुबेर मृत्यु भएको हो ।

बिहीबार साँझ स्थानीय तेजनारायण चौधरीको पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।

लोकप्रिय