रौतहट ४ भदौ ।
आज मीति २०७८/०५/०४ को दिन विश्व हिन्दू परिषद ले विगत २०७७ भाद्र ०३ गते का दिन माधव नारायण नगर पालिका वार्ड नं २ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाह लाई राती खाना खाई रहेको बेलामा बेधर्मी हरु द्वारा गोली हानी हत्या गरिएको र सो सँग सम्बन्धित संगदिध अपराधी (प्रतिवादी)हरु लाई अदालतमा मुद्दा चली रहेकों अवस्थामा संदिध मध्ये एक जना शेख नुरूलाह (स्थानीय वडा अध्यक्ष) लाई अदालत मा हाजिर भएको एक घण्टा मा नै साधारण तारेखमा रिहा हुनु आफै मा आश्चर्य एवं दुस्ख लाग्दो कुरा छ ।विश्व हिन्दु परिषद् को भनाई अनुसार पहुँच को आधारमा यस्तो भएकोले हामी सरकार को माथिल्लो निकायलाई जिल्ला प्रशासन कार्यालय मार्फत जानकारी गराई रहे छौ
। सम्बन्धित निकायले यसमा ध्यान दिएन भने, भोलि को दिन मा हिन्दु धर्म मा आस्था राख्ने धर्म अनुरागीहरूले साधु को हत्या को न्याय को लागि समाजिक स्तरमा चुप लागेर बस्न सक्ने अवस्था छैन् भन्ने कुरा को जानकारी गराउने उद्देश्यले ग्यापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्र म को कार्यालय, गृह मन्त्रालय,मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद् लगायत जिल्ला प्रशासन कार्यालय लाई छुटा छुट्टै दिएका छौ । ग्यापन पत्र परिषद् का जिल्ला अध्यक्ष आलोक पाण्डेय ले पढेर सुनाउनु भएको थियो भन्ने, कार्यक्रम मा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषद् का संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषद् का महादेव पट्टी प्रमुख धर्म राज पटेल, युवा अभियन्ता एवं पत्रकार सतेन्द्र प्रताप सिंह,रेड टि भी का स्टेशन म्यानेजर अरविन्द यादव, राजदेवी एफएम का प्रत्रकार एवं परिषद् का विशेष सहयोगी श्री कान्त यादव लगायत संचार कर्मी हरु को साथै समाज का लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो ।