रौतहट ६ भदौ ।
कटहरियामा प्रहरीसँगै स्थानियले मन्दिर परिसरमा सरसफाई गरेका छन । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ९ डुमरिया बजारमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आइतबार सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन । सोही वडाका वडा अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा स्थानिय भद्रभलादमी , बुद्धिजिवी समाजसेवी प्रहरी कर्मचारी लगायत ३०÷३५ जनाको सहभागीतामा रामजानकी मन्दिर परिसरमा सरसफाई गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।