चोरीको मोटरसाइकल सवारी धनीलाई बुझाइयो

रौतहट ८ भदौ ।

रौतहटको सदरमुकाम गौरबाट गत बैशाष २३ गते राती चोरी भएको मोटरसाइकल फतुवा विजयपुर नगरपालिकामा वेवारिसे अबस्थामा फेला परेको छ । गत बैशाषमा गौर नगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा पार्किङ गरि राखेको कालो रङको १५० सिसि को ना ५१ प ७०९४ नम्बरको पल्सर मोटरसाइकल हराएको थियो । प्रहरीले सो मोटरसाइकलको खोजतलास गर्ने क्रममा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १ घुसुकपुरमा वेवारिसे अवस्थामा फेला पारेको थियो । मोटरसाइकल फेला परेपछि अनुसन्धानको क्रममा सवारी धनि रौतहट, गौर नगरपालिकाको वडा नम्बर ५ बस्ने ईन्द्र नारायण प्रसाद कुसुवाहालाई मंगलबार बुझाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीनियाले जनाएको छ ।

लोकप्रिय