रौतहट ९ भदौ ।
रौतहटको कटहरियामा साल जातको काठको गोलियासहित टायरगाडा गस्ति टोलीले बरामत गरेको छ । ईलाका प्रहरी कार्यलय कटहरियाका गस्तिटोलीले काठको गोलीया सहित टायर बरामत गरेका जनाएको छ । कटहरिया नगरपालिकाको वडा नं. ९ डुमरियाबाट ३ थान सालको गोलिया बरामत गरेका हो । बिषेश सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कटहरियाका सई बिरेन्द्र यादवको नेतृत्वमा खटिएका प्रहरी टोलीले डुमरियाबाट पिपरिया तर्फ जादै गरेको टायरबाट ३ थान सालको गोलीया बरामत गरेको हो । तस्करहरुले टायरमा काठ लोड गरि लादै गरेको अवस्थामा प्रहरीहरुलाई तस्करहरुले देखेपछि टायरगाडाबाट गोरुलाई भगाउन तस्करहरु सफल भएको प्रहरीको भनाई रहेको छ । ५ क्यु फिट बराबरको ३ थान सालको गोलिया प्रहरीले बरामत गरि थप आवश्यक कार्यवाहीको लागि प्रहरी कार्यालय कटहरियामा राखिएको सई यादवले जानकारी दिनु भयो