बारा ९ भदौ ।
बाराबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डमा ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक पाख्रिन र मोटरसाइकल पछाडि सवार वाइबाको साथबाट १५ केजी गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्दामा अदालतबाट म्याद लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए ।