रौतहट १० भदौ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका विभिन्न वडाहरुमा बुधबार राहत सामग्री वितरण गरिएको छ । रौतहटको ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले सो नगरपालिकाको वडा नम्बर २ , ५ र ६ का दलित २५० परिवारलाई राहत सामग्री वितरण गरेको मेहताले बताउनु भयो । ईशनाथ नगरपालिकाको सो वडाका दलित समुदायहरुलाई दैनिक जीवन निर्वाहमा समस्या आइरहेकाले राहत वितरणको ब्याकेज नगरपालिकाले गरेको मेहताको भनाई रहेको छ । राहत वितरण कार्यक्रममा वडा नम्बर २ , ५ र ६ का वडा अध्यक्ष क्रमश रामलक्षमण शाह , सेख निसार आलम , रामबाबु राय यादव सँगै वडा सदस्य चमेली देवी लगायत स्थानियको सहभागीता जनाएका थिए ।