गुजरा नगरपालिकामा आगलागी हुदा तिन लाखकाे क्षति ।

रौतहट १० भदौ ।

रौतहट जिल्लाको गुजरा नगरपालिकामा गए राती आगलागी हुदा ३ लाख क्षति भएको छ । गुजरा नगरपालिकाको वडा नं. ४ पोखरभिण्डाका स्थानिय सुभलाल राम चमारको घरमा आज राती आगलागी भएको हो । राती करिब सााढे १२ बजेको लामखुट्टे भगाउन बालेको आगो एक्कासी घरमा सल्किएपछि आगलागी भएको स्थानियले बताएका छन । सो आगलागीबाट घरमा बाधेको भैसीं पाडा बिधुत्त मिटर जल्दा करिब ३ लाख मुल्य बराबरको क्षति भएको जनाइएको छ । लामखुट्टे भगाउनको घरभित्र आगो बालेको र सो आगोबाट आगलागी भएको पिडित सुभलाल राम चमारले जानकारी दिनु भयो । अति बिपन्न परिवारका राम घर जलेर नष्ट भएपछि ै समस्यामा परेको छ । तत्काल राहत सामग्रीको आवश्यक परेकाृ उहाले बताउनु भयो ।

लोकप्रिय