Home मुख्य समाचार जगदम्बा स्टिल उद्योगमा ग्यास लिक भएपछि स्थानीयले गरे तालाबन्दी ।

जगदम्बा स्टिल उद्योगमा ग्यास लिक भएपछि स्थानीयले गरे तालाबन्दी ।

जगदम्बा स्टिल उद्योगमा ग्यास लिक भएपछि स्थानीयले गरे तालाबन्दी ।

बारा ११ भदौ ।

बाराको जगदम्बा स्टिल उद्योगमा ग्यास लिक भएपछि स्थानीयले तालाबन्दी गरेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल उद्योगमा रहेको ग्यास ट्यांकीबाट एमोनिया ग्यास लिक हुन थालेपछि स्थानीयले शुक्रबार तालाबन्दी गरेका हुन् ।

उद्योग परिसरमा रहेको ग्यास स्टोर गर्ने ट्यांकीबाट अचानक एमोनिया ग्यास लिक हुन थालेपछि आक्रोशित स्थानीयबासीले उद्योगको नयाँ प्लान्टमा तालाबन्दी गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

लिक भएको एमोनिया ग्यासले आगो नलाग्ने भए पनि त्यसको दुर्गन्धले वातावरण तथा स्थानीयलाई असर गर्ने खालको ग्यास भएकाले आक्रोशित स्थानीयको समूहले तालाबन्दी गरेको मिश्रले बताए । ग्यास लिक भएपछि त्यसको दुर्गन्धले स्थानीयलाई समस्या भएको बताइएको छ । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here