बर्षाका कारण रौतहटमा तटिय क्षेत्रमा सर्तक रहन रौतहटका प्रमुख जिल्ला अधिकारी यादवको आग्रह ।

रौतहट,११ भदौ ।

केहीदिन देखीको बर्षाका कारण रौतहटमा तटिय क्षेत्रमा खतराको घंटी बजेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सर्तक रहन आग्रह गरेका छन् ।

हाल बागमतीको पधेरादोभान ९कर्मैया जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
रौतहट भएर बग्ने वाग्मती ,बकैया ,चादी लगाएतका खोलामा पानीको सतह उच्च हुदै गएकाले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी यादवको भनाइ रहेको छ ।

लोकप्रिय