रौतहट २१ भदौ ।
रौतहटकाे चन्द्रनिगाहपुरमा अवस्थित होटल ए एन प्लाजाले आफ्नो थप सेवा विस्तार गरेको छ । पछिल्लो समय सबैको मन जित्न सफल होटल हरेक सभा,समारोह, मिटिङ तथा कार्यक्रमको लागि उपयुक्त गन्तव्य बनेको होटल ए एन प्लाजाले फेमिली रेस्टुरेन्ट, डाइनिङ सर्विस, बैङ्किट हल,विवाह तथा समारोहको लागि पार्टी प्यालेस सहितको सुविधा दिँदै आइरहेको छ ।
चन्द्रनिगाहपुरमा अवस्थित होटल ए एन प्लाजाले आफ्नो थप सेवा विस्तार गरेको छ । पछिल्लो समय सबैको मन जित्न सफल होटल हरेक सभा,समारोह, मिटिङ तथा कार्यक्रमको लागि उपयुक्त गन्तव्य बनेको होटल ए एन प्लाजाले फेमिली रेस्टुरेन्ट, डाइनिङ सर्विस, बैङ्किट हल,विवाह तथा समारोहको लागि पार्टी प्यालेस सहितको सुविधा दिँदै आइरहेको छ ।
सुन्दर, शान्त एबम् पारिवारिक वातावरणमा रहदै आएको होटल सुमुधुर सम्बन्ध र मधुर व्यवहारको कारण चन्द्रनिगाहपुरबासीमा लोकप्रिय बन्दै आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ ।
यसैबीच आईतबारबाट सो होटलले आफ्नो सेवालाई अझ थप गर्ने उद्देश्यले फ्रेश जुस हाउस सञ्चालनमा ल्याएको छ । चन्द्रनिगाहपुर स्थित भगवती मार्केट भित्र रहेको ए एन फ्रेश जुस हाउसको उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले गरेका हुन् । फ्रेश जुसका निम्ती चन्द्रनिगाहपुरमा भन्नेबित्तिकै नपाइने र खास फ्रेश जुस को लागि भनेर खुलेका कुनै पसलहरु नहुँदा समस्यामा परेका बिरामी, अशक्त एबम् फ्रेश जुसका पारखीहरुले असुविधा भोग्नुपरेको बाध्यतालाई ए एन फ्रेश जुस हाउस को यस किसिमको सेवाले सुविधा पुग्ने प्रमुख अतिथी प्रधानले बताए ।
ग्राहकहरुले फ्रेश जुसको माग अत्याधिक गरेको र बजारमा भएको फ्रेश जुस अभावमा असुविधा भोग्दै आउनुपरेको अवस्थामा होटल ए एन प्लाजा थप सेवा विस्तार गरी ग्राहक वर्गहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै शुद्ध ताजा फ्रेश जुसको लागि ए एन फ्रेश जुस सञ्चालनमा ल्याएको होटल ए एन प्लाजाका सञ्चालक अरविन्द चौधरीको भनाइ रहेको छ । सो उद्घाटन कार्यक्रमममा प्रमुख अथिति सुरेन्द्र प्रधान,वडा अध्यक्ष सञ्जय काफ्ले, सञ्जय कार्की, अशन श्रेष्ठ,देवराज कार्की, अनमोल कार्की,राकेश यादव लगायतकाको उपस्थिति रहेको सञ्चालक नरेन्द्र यादवले जानकारी दिएका छन्