रौतहटकाे कटहरिया नगरपालिकाका स्थानियलाई विद्युत निशुल्क ।

रौतहट २१ भदौ ।

रौतहटको कटहरिया नगरपालिकाले कृषि प्रयोजन र घरायसी खपत भएको विद्युत महसुल नगरपालिले भुक्तानी दिने भएको छ । कृषि कार्यका लागी विद्युत जडान भएको विद्युत महसुल र घरायसी खपत भएको विजुली महसुलको विल सम्बन्धित वडा कार्यालयमा बुझाउन नगरबासीलाई अनुरोध गरेको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो । त्यसैगरि नगरपालिकाको स्रोत र साधन प्रयोग गरि नगरपालिकाका सम्पुर्ण वडाहरुमा स्वच्छता अभियान अन्र्तगत निशुल्क रुपमा शौचालय सफाई कार्यक्रम चालु रहेकाले २०७९ असार मसान्तसम्म शौचालयहरु समेत निश’ल्क सरसफाई गर्न नगरपालिकाले आम नगरबासीमा अनुरोध गरेको छ । नगरपालिकाले विद्युत महसुल भुक्तानी दिनुका साथै शौचालय पनि सरसफाई निशुल्क गर्ने निर्णयले स्थानिय नगरवासीले नगरपालिकाप्रति आभार प्रकट गरेको छ ।

लोकप्रिय