ईशनाथ नगरपालिकामा सामुदायिक दलित भवनको शिलान्यास ।

रौतहट ०१ असोज ।

ईशनाथ नगरपालिकामा सामुदायिक दलित भवन निर्माण हुने भएको छ । अाज ईशनाथ नगरपालिकाको वडा न. ४ रामनगरमा एक कार्यक्रमकाबिच सो भवनको शिलान्यास गरिएको छ । रौतहटको इशनाथ नगरपालिकाको ७ लाख लागानीमा सो भवन निर्माण गर्ने नगरपालिकाले जनााएको छ । नगर क्षेत्रमा हुने गरेका विभिन्न किसिमका सभा , भेला  गोष्टि तथा तालिमहरु सञ्चालन गर्ने ठाउको अभाव रहेको अबस्थामा भवन निर्माण हुने भएपछि स्थानियले खुशी ब्यक्त गरेका छन । कार्यक्रममा स्थानिय समाजसेवी लक्ष्मि नारायण राम्, रामभरोस राम,रामज्ञा राम,बिनोद प्रसाद सिन्हा शिक्षक गणेश साह,कमल प्रसाद सिन्हा,कपिलदेव साह,लालबाबु प्रसाद सिन्हा लगायतका स्थानियले सहभागीता जनाएका थिए ।

लोकप्रिय