जनकपुर ०१ असाेज ।
धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु छ । अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमम स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादव रहेका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
घाइते हुनेमा लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम रहेका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
मृतकको श’व पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। सभार टुडेपाटी-