पर्सा ०३ असाेज।
वीरगञ्जको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका १२ स्थित पोखरीमा डुबेर वडा नं. १५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको मृत्यु भएको हो । शनिबार दिउँसो हराएका दुबै बालकको खोजविनको क्रममा पोखरीमा श’व फेला परेको पर्साका प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । दुबै बालकको श’व पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले बताए ।