रौतहट, ३ असोज ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित श्री संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने ३३ जना छात्रालाई साइकल वितरण गरिएको हो । बबेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्यमा श्री संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने ३३ जना छात्रालाई साइकल वितरण गरिएको हो । महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको दोहोर्याउँदै कृषि सहकारी राज्यमन्त्री यादवले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।
सो कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले महिलाहरुको उत्थानमा विशेष प्रत्यन्त गर्न जरुरी रहेको बताउनुभयो। महिलालाई अहिले पनि खेतीपाती, भातभान्छा, र बालबच्चालाई हेर्ने मात्र काम लगाएर अधिकार दियौं भन्छौं तर जवाना बदल्नु पर्छ , उहाँले भन्नुभयो जसरी संसार र समाज बदलिएको छ त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ। महिलामाथि अनेक प्रकारको हिसा हुनु आफैमा दुःखद रहेको बताउनु हँदै जबसम्म छोरीलाई शिक्षित र महिलालाई अधिकार दिइन्नँ तबसम्म देशको विकास असम्भव रहेको बताउनुभयो ।
अबको मेरो उदेश्य महिलाहरुको लागि सिलाइकटाइ जस्ता तालिम कार्यक्रमहरु संचालन गरि स्वाबलम्वि र आत्मनिर्भर बनाउने कुरा वडा अध्यक्ष झाले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, बिधालयका प्रधानाध्यापक टिएन झा, वरिष्ठ पत्रकार प्रभात कुमार झा, वडा सदस्यहरु, श्री संस्कृत माध्यमिक बिधालयका शिक्षकहरु लगायतका सर्वसाधारणहरुको उपस्तिथि रहेको थियोे ।