रौतहट ०५ असोज ।
रौतहटको चन्द्रपुरबाट अबैध सालका गोलिया सहित तिन ओटा साइकल बरामत गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी गस्ति टोली गस्ति गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिकाको वडा न. ५ राजपेडा टोल नजिक रहेको चादी खोलामा पुग्दा प्रहरी गस्ति टोलीलाई देखेर ७÷८ जनाको समुहमा राष्ट्रिय वनबाट ल्याउदै गरेको गोलिया सहित साइकल छाडेर भागेका थिए । राष्ट्रीय बन जंगलबाट अवैध रुपमा साल जातको काचो रुख काटी गोलीया बनाई ३ वटा साईकलमा ४ वटा गोलीया लोड गरी राजपैडा गाउ तर्फ आउदै गरेका थिए । काठ बरामद गरी साल जातको काठ ४ थान गोलिया २५ क्यू फिट र ३ वटा साईकल आवश्क कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।