सप्तरीमा ०५ असाेज ।
सप्तरीमा पानीमा डुबेर एकैदिन दुई बालिकासहित तीनजनाको मृत्यु भएको छ ।
फरक फरक स्थानमा मंगलबार बिहानदेखि साँझसम्म पानीमा डुबेर तीन जनाको मृत्यु भएको हो ।
नुहाउने क्रममा सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
यस्तै कपडा धुने क्रममा बिहान तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया बस्ने भतो मंसुरीकी छोरी १२ वर्षीया सबना खातुनको मृत्यु भएको छ । घर नजिकैको नहरमा कपडा धुने क्रममा सबनाको डुबेर मृत्यु भएको हो ।
यस्तै भाडाँ मस्काउने क्रममा महादेवा गाउँपालिका ४ परसाही टोलका अमृत सदाका ३० वर्षीया छोरी लक्षन कुमारी सदाको मृत्यु भएको छ । घर नजिकै सार्वजनिक पोखरीमा अपराहन्न साढे ४ बजेको समयमा भाँडा धुने क्रममा डुबेर लक्ष्मण कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर मृत्यु भएका तीनैजनाको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनले तीनवटै घटना विषयमा थप अनुसन्धान भइरहेको बताए । सभार टुडेपाटी