बृन्दावन नगरपालिकाका नगर प्रमुख यादबले संचालनमा ल्याए डिप बोरिङ्ग किसानहरु लागि।

रौतहट ०९ असाेज ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं.१ मा पर्ने हनुमान चौकमा रहेको नव निर्मित अस्पताल नजिकैको ठाउँमा डिप बोरिङ्गलाई जडान गर्ने काम शुक्रबार सम्पन भएको छ । जडान गरिएको डिप बोरिङ्ग शुक्रबार देखि सन्चालनमा आएको छ । सो बोरिङ्ग सन्चालनमा आउदा सो क्षेत्रका बसोबास गर्ने स्थानियबासिहरु हर्षित भएका छन । रौतहटका बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेहि राय यादबले सबैजनालाई लाभ हुने गरि जडान गरिएको बताएका छन । जडान भएको पम्पबाट आफैँ पानि आउने र सो क्षेत्रमा अस्पताल पनि भएकोले सेवाग्राहीलाई झनै बढि लाभ हुने पनि बताएका छन । सो डिप बोरिङ्गलाई ४०२ फिट जडान गरिएकोले यसको पानि पनि उतिनै स्वास्थ्यको लागी लाभदायक हुने बताए ।हाम्रो शरिरमा बिभिन्न किसिमको रोग लाग्नुको कारण अशुद्ध पानि नै रहेको नगर प्रमुख यादबले बताएका थिए । उहाँले हाम्रो समाजमा २०/२५ फिटमा पानि आउने र हैण्ड पम्पको पानिले स्वास्थ्य खराब गर्ने र हाम्रो शौचालयको गहिराई २०/२५ नै रहेको हुँदा दुबैको पानि श्रोतका मिश्रणको कारणले हाम्रो स्वास्थ्यमा झन ठुलो असर पर्ने भएकोले यस डिप बोरिङ्गको पानि स्वास्थ्यको लागी लाभबर्धक रहेकोले यसको पानि सेवन गर्न पनि आम नागरिकमा आग्रह पनि गर्नु भएको छ । यति मात्र कहाँ हो सधैँ चलिरहेको डिप बोरिङ्गले सिचाईमा पनि ठुलो सहयोग पुग्ने बताएका छन ।यसबाट किसानहरुलाई पनि प्रत्यक्षरुपमा सबभन्दा बढि लाभ हुने बताएका थिए । चैत बैशाखमा सुखा याम रहेको हुनाले तरकारी गर्नेमा धेरै असर परिरहेको थियो । त्यसकै मध्य नजर गर्दै यसको जडान गरिएको नगर प्रमुख यादब बताए । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ । तर किसानको लागी हाम्रो सरकारले के गरेको छ । किसानमै सबै बस्तुहरु निर्भर रहेको छ यो कुरालाई जानिजानि किसानलाई कुनै कुराको सुख नभएको बताए । हाम्रो नेपाल देशका कृषहरुको लागी सधै झै धानमा हालने मलखादको अभावको कारणले किसान दुख भाग्दै आएको छ । तर प्रदेश सरकारले यसको ब्यबस्था नगरेको प्रति वहा आक्रोश पनि पोखनु भयो । तर मेयर यादबले हामि स्थानिय तहमा भएको हुदा किसानको दुख हाम्रो दुख नै रहेकोले सकेसम्म किसानलाई दुख हुन नदिन प्रतिबद्धता पनि जनाएका थिए । किसानहरुको लागी बिभिन्न योजनाहरु ल्याउने पहल गरिरहेको बताए । सन्चालनमा आएको स्टेट बोरिङ्गबाट प्रत्यक्ष रुपमा किसानलाई कुनै प्रकारको खेति गर्दा अव पानिको कमि महसुस नहुने बताएका छन । अब जुन समय किसान कुनै प्रकारका खेती गर्न पाउने हुँदा किसानहरुले बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादब माथि हर्षित हुदै बिशेष धन्याबाद दिएका छन ।

लोकप्रिय